साग अपडेट : महिला फुटबलमा नेपालको विजयी सुरुवात
पोखरा । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा सरु लिम्बुले नेपालको लागि निर्णायक गोल गरिन् ।
जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।
प्रतिक्रिया राख्नुहोस्