तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल १५ स्वर्णसहित प्रथम स्थानमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीलाई साग प्रतियोगितमा सहभागिता देखाएकोमा धन्यवाद दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले साग प्रतियोगिताको मैत्रीपूर्ण खेलबाट देशको इज्जत बढाउन र क्षेत्रीय मित्रता बढाउन सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल १५ स्वर्ण ३ रजत र ३ कास्य सहित प्रथम स्थानमा रहेको छ ।

१ स्वर्ण २ रजत र १ कास्य पदक सहित दोस्रो स्थानमा भारत रहेको छ । त्यसैगरी, पाकिस्तान १ स्वर्ण २ रजत र एक कास्य पदक सहित तस्रौ स्थानमा छ । बंगलादेशले ४ कास्य पदक हासिल गरेको छ । श्रीलंकाले ३ कास्य पदक प्राप्त गरेको छ भने भुटान र माल्दिस पदकविहीन बनेका छन् ।

तेकान्दोमा ७ स्वर्ण हात पार्दै नेपालले कराँतेमा पनि ६ स्वर्ण जितेको छ । भने ट्रायथलन र पुम्सेमा एक एक स्वर्ण हात पार्दै नेपाल शीर्ष स्थानमा रहेको छ ।

अन्जली चन्दले अविश्वसनिय विश्व कीर्तिमान प्रर्दशन गरेपछि नेपालले (साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ ।

सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । पहिलो बलमा चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिदा तेस्रो बलमा सिता राना मगर डट भइन् ।

चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमा लेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो ।

यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् ।

नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् । त्यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो ।

नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् । अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् ।

अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोत्कृष्ट प्रर्दशन हो ।

यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button