तपाईँ सुन्दै हुनुहुन्छः

विश्व एड्स दिवस विभिन्न सचेतना कार्यक्रम सहित मनाइयो

काठमाडौं । डिसेम्बर १ मा मनाईने  आज नेपालमा पनि विभिन्न सचेतना कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

एचआइभी एड्सबाट सन् २०१८ को अन्त्यसम्म संसारभर ३ करोड ७९ लाख व्यक्ति संक्रमित भएको अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्दको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा २९ हजार ९४४ जना एचआइभी संक्रमित रहेका अनुमान गरिएको छ ।

केन्द्रका अनुसार सन् २०१० को तुलनमा सन् २०१८ को अन्त्य सम्ममा नेपालमा एचआइभी संक्रमणको दर ५८ प्रतिसतले घटेकोे छ ।

सन् २०१९ को जुलाईसम्ममा नेपालमा कुल एचआइभी संक्रमित मध्ये ६० प्रतिसत अर्थात १७ हजार ९ सय ८७ जना एआरभी उपचारमा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button