धरानमा मतगणना जारी, चार ३४ मतले कांग्रेसको अग्रता
सुनसरी – धरानमा मेयर पदका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी रहेको छ । केही समय अगाडि नेकपाले कांग्रेसलाई ५७ मतान्तरले पछाडि पारेको थियो भने अहिले कांग्रेसले मतपरिणाम उल्टाएको छ ।
अहिले नेपाली कांग्रेसका तिलक राईको कुल छ हजार आठ ५७ मत रहेको छ भने नेकपाका प्रकाश राईको छ हजार चार २४ मत रहेको छ । कांग्रेसले अहिले ४३४ मतको अग्रता लिएको छ ।
हालसम्म धरानका १६, १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न गरिएको छ भने अहिले धरान १५ को मतगणना भईरहेको छ ।
वडा न. १६ को मतगणना सकिदा नेपाली कांग्रेसलाई २३४० मत प्राप्त भएको थियो भने नेकपालाई १८४९ मत प्राप्त भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्