तपाईँ सुन्दै हुनुहुन्छः

१३औँ साग : भव्य समारोहका बीच आज राष्ट्रपतिले उद्घाटन गर्नुहुँदै

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज बेलुका औपचारिक उद्घाटन हुंदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा एक विशेष समारोहबीच १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज बेलुकी ५ बजे औपचारिक उद्घाटन गर्नुहुनेछ ।

१५ हजारभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको उद्घाटन शर्तमा सहभागी मुलुकका खेलाडीको मार्च पाससंगै नेपालको इतिहास, वर्तमान र भविष्य झल्किने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले जनाएको छ ।

उद्घाटनका लागि दशरथ रंगशालालाई दुलही झै श्रृङगारिएको छ । फरक फरक रंगका सिटहरु , रंगिन बत्ति र डिस्प्ले बोर्डले रंगशालाको मुहार चम्काईएको छ ।

सन् १९८४ मा नेपालबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको यस संस्करणमा २६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
जसमा समान ३ सय १७ स्वर्ण र रजत पदक र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

मंसिर २४ गतेसम्म सन्चालन हुने यस संस्करणका केही खेलहरु काठमाडौं उपत्यकालगायत पोखरा र जनकपुरमा हुनेछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button