तपाईँ सुन्दै हुनुहुन्छः

१३औँ साग भव्य समारोहका बीच भोलि राष्ट्रपतिले उद्घाटन गर्नुहुँदै

काठमाडौँ । १३औँ  दक्षिण एसीयाली खेलकुद प्रतियोगिता सागको आईतबार काठमाडौंको दशरथरंगशालामा भव्य समारोहका बीच उद्घाटन हुने भएको छ ।

प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ः०० बजे उद्घाटन गर्नुहुने भएको छ । साग उद्घाटनको पूर्वसन्ध्यामा आतिसबाजिसहित दशरथरंगशालामा रिअलसन गरिएको थियो ।

तेस्रोपटक साग खेलकुद आयोजना गर्न लागेको नेपालले धेरै भन्दा धेरै पदक जित्ने लक्ष्यका साथ तयारी गरिरहेको सम्बन्धित खेलका प्रशिक्षकहरुले बताउनु भएको छ ।

१३औँ सागमा यस पटक २६ खेल समावेश गरिएका छन् । सबै खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीहरु नेपाल आईसकेका छन् ।

१३औं सागमा समावेश २६ खेलमध्येबाट जम्मा तीन सय १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी तीन सय १७ रजत र चार सय ८१ कांस्य पदकका लागि खेलाडीले प्रतिस्पधा गर्नेछन् ।

यसैगरी १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनको मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका ओलम्पियन कमल बहादुर अधिकारीले बोक्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शनिबार प्रेस विज्ञप्ति जारी गदैं सागको उद्घाटनमा नेपालको झन्डा अधिकारीले बोक्ने जनाएको छ ।

अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमासमेत सहभागिता जनाईसकेको कारण कमललाई झण्डा बोक्न दिने निर्णय गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button