तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा उप निर्वाचन : मतदातामा उत्साह देखिएन, जाली लगाएर मतगणना स्थल तयार

भक्तपुर । भक्तपुर–१ (क) मा प्रदेशसभा सदस्य पदका लागि शनिबार बिहान ७ बजेबाट मतदान भइरहेको छ । सो क्षेत्रका २२ स्थानका ५४ मतदान केन्द्रमा मध्यान्हसम्म ४० प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

बिहानैबाट मतदान सुरु भएपनि मतदाताको उत्साह भने कम देखिएको उनले बताए । यहाँ एक प्रदेश सभा सदस्यका लागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल, नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल र नेमकिपाका उम्मेदवार निरज लवजुबीच मुख्य प्रतिष्पर्धा छ । भडेलले साइत हेरेरै ११ः४५ बजे चाँगु गाविस मतदान केन्द्रबाट मतदान गरेका छन् । ढकालले भक्तपुर नगरपालिका–१० स्थित सरस्वती विद्यागृह मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान सकिएसँगै मत पेटिका संकलन गर्ने र सर्वदलीय सहमती अनुसार आज साँझबाटै मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।

मत गणनाको लागि खरिपाटी तालिम केन्द्र भवनमा तारजाली लगाएर स्थल तयार पारिएको छ । मतदान केन्द्रमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, शशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाललगायतले अनुगमन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button