तपाईँ सुन्दै हुनुहुन्छः

मेगा बैंक २०१९ को ‘बैंक अफ दि इयर’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ ले सन् २०१९ का लागि ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।

लण्डनमा बिहीबार साँझ आयोजित एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गर्नुभयो ।

‘दि बैंकर’ ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button