सुनको मूल्य प्रतितोलामा ३०० ले बढ्यो
काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु. ७१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ७१ हजार निर्धारण गरेको छ ।
बिहीबार छापावला सुन प्रतितोला रु. ७१ हजार र तेजाबी सुन प्रतितोला रु. ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ ।
चाँदीको मूल्य रु पाँचले वृद्धि भई प्रतितोला रु. ८५५ मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्