तपाईँ सुन्दै हुनुहुन्छः

साढे चार करोड लागतमा भीरकोटमा सिटिहल निर्माण हुँदै

स्याङ्जा । भीरकोट नगरपालिकामा साढे ४ करोड बढीको लागतमा सिटिहल बन्ने भएको छ । चार करोड ७६ लाख ४६ हजार २० रुपैँयाको लागतमा ३०० जना क्षमताको सिटिहल निर्माण कार्य शुरु भएको हो ।

बिहिबार हलको भीरकोट नगरप्रमुख नगर प्रमुख छायाराम खनालले शिलान्यास गर्नुभएको छ । सिटिहल शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख खनालले संघिय सरकारले सिटिहल निर्माणको लागि वजेटको व्यवस्था गरेकोमा धन्वाद व्यक्त गर्नु भएको छ ।

सुविधा सम्पन्न धेरै जना अट्ने क्षमता भएको भवन नहुनाले समस्या खेपी रहेको वेलामा अबको केही समय पछि ढुक्कसंग कार्यक्रम त्यही पनि आफ्नै भवनमा गर्न मिल्ने भएपछि भीरकोट बासी हर्षित भएको भन्दै प्रमुख खनालले भीरकोट समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।

आफ्नै कार्यकाल भित्र सबै वाडमा सुविधा सम्पन्न वाड भवन, नगरपालिकाको कार्यालय भवन निर्माण र प्रत्येक वाडमा जाने बाटो ग्राभिल गर्ने समेत शिलान्यास कार्यक्रममा प्रमुख खनालले बताउनुभयो ।

सहरी विकास तथा भवन निर्माण मन्त्रालय अन्र्तगत संघिय आयोजना कार्यान्वयन इकाई कास्की शाखाको सहयोगमा भीरकोट नगरपालिका वडा न २ स्थीत कृषी सेवा केन्द्र सपौदेमा ३०० जना क्षमता हल आगामी मंसिर भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

रविना फूजोर कन्ट्रक्सन काठमाडौले निमार्ण कार्य थालेको छ । सिटीहल शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनितिकदल, कर्मचारी, बिभिन्न संघ सस्थाका प्रतिनिधि र सेवाग्राहीहरुको उपस्थीति रहेको थियो ।

सिटीहल शिलान्यास कार्यक्रमको संचालन नगरपालिका योजना अधिकृत याम प्रसाद रेग्मीले गर्नु भएको थियो । विभिन्न सभा समारोहलगायतका कार्यक्रमहरु आयोजना गर्दा सुविधा सम्पन्न हल नुहँदा भीरकोटमा समस्या हुँदै आएको थियो ।

हल निर्माणले ठुला सभासमारोहको आयोजना गर्दा हुने चिन्ता हट्ने अपेक्षा गरिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button