तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जहिले पनि प्रेससँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहेको छ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले जहिले पनि प्रेससँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिको वर्गीकरण पुनरावलोकनको माग राख्दै ज्ञापन पत्र बुझाउन पुगेका पत्रकारहरुसँग मन्त्री बाँस्कोटाले विज्ञापन नियमन गर्न बनेको विधेयकले लोककल्याणकारी विज्ञापनमा देखिएको समस्यालाई सम्बोधन गरेको बताउनुभयो ।

पत्रपत्रिकाको बर्गीकरण गर्ने काम प्रेस काउन्सिल नेपालको भएको भन्दै उहाँले वार्ता र संवादबाट निकास निकाल्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ काठमाडौं, भक्तपुर र ललितपुर शाखाले संयुक्त रुपमा भर्खरै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका बर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै पूरावलोकनको माग राखी ज्ञापन पत्र बुझाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button