तपाईँ सुन्दै हुनुहुन्छः

माइक्रो बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु

सुर्खेत । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्वरको माइक्रो बस आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै माइक्रो बस दुर्घटनामा परी तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेको उद्दार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याउने तयारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) लोकनाथ तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाका मृत्तकको पहिचान खुलेको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button