तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वस्थ्य अवस्था खतरामुक्त : ७ दिनभित्र डिस्चार्ज गरिने

काठमाडौं । त्रिवि शिक्षण अस्पलातामा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य अवस्था खतरामुक्त रहेकाले ७ दिन भित्रमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा डा. रमेश सिंह भण्डारीले प्राधानमन्त्रीको स्वास्थ्य अवस्था अत्यन्त सुधार भएकाले खतरामुक्त रहेको जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्रीलाई सात दिनभित्र डिस्चार्ज गरिने र दश दिनपछि सामान्य काममा फर्कन सक्ने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा डा. भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपनि अन्य संक्रमणबाट बचाउनका लागि अहिले पनि सघन उपचार कक्ष (आइसीयु) मा नै राखेर उपचार गरिरहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणबारे पत्रकारले राखेको जिज्ञासामा उहाँको नीजि चिकित्सक डा. दिव्य सिंहले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य भएपछि पुन प्रत्यारोपण गर्ने वा नगर्ने भन्ने निर्णय लिइने जनकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button