तपाईँ सुन्दै हुनुहुन्छः

बिप्लव समूहका बर्दिया जिल्ला अध्यक्ष सहित दुई जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले बिप्लव पार्टीका बर्दिया जिल्ला अध्यक्ष सहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहिवार साझ करिब ५ बजेको समयमा जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ स्थित लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

समूहका बर्दिया जिल्ला अध्यक्ष  राम बि. क. र  बम बहादुर ताम्राकारलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button