तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि सङ्खुवासभाका ११ विद्यालय तीन दिनका लागि बन्द

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका र खादबारी नगरपालिका वडा नं ३ मा हुने उपनिर्वाचनको लागि मतदान केन्द्र तोकिएका विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन् ।

उपनिर्वाचनको मतदान केन्द्र तोकिएका मकालु गाउँपालिकाका १० र खाँदबारी नगरपालिका वडा नं ३ को एक विद्यालय मंसिर ११ गते बुधबारबाट बन्द गरिएको जिल्ला निर्वाचन अधिकारी चोलानाथ दंगालले जानकारी दिनुभयो ।

‘बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रम समेत आयोजना नगर्न जिल्ला निर्वाचन कार्यालयले जानकारी दिइसकेको छ ।

नेपाल सरकारले आठ वर्ष अगाडी घोषणा गरेको विद्यालय र विद्यार्थी शान्ति क्षेत्र हुन् भन्ने नारा आजसम्म पनि कार्यन्वयनमा आउन सकेको छैन् ।

०६८ जेठ ११ गते नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालयलाई सशस्त्र गतिविधि र अन्य किसिमका हिंसाबाट मुक्त राख्नु, विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्नु र विद्यालयलाई भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्नु भनी तीन ओटा मुख्य निर्देशिका जारी गरेको थियो ।

नेपाल पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले निर्वाचन कै लागि तीन दिन विद्यालय बन्द गरिनु बाल अधिकारको हनन् भएको बताउनुभयो ।

उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा १० वटा मतदानस्थल र खाँदबारी नगरपालिका वडा नं ३ एक मतदान स्थल तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button