तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको स्थानीय तहमा बजेट खर्चको अवस्था निराशाजनक

बीरगंज । जनप्रतिनिधि बीचको बिवादले पर्साका अधिकांश स्थानीय तहमा पहिलो चौमासिकको बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ ।

धेरैजसो गाउँ तथा नगरपालिकाले विकास बजेट खर्चन नसक्दा जनतामा निरासा छाएको छ । स्थानीय तहले प्राविधिकमार्फत योजना छनौट, उपभोक्ता समिति गठन, ठेक्का प्रक्रियासमेत अघि बढाएका छैनन् । बिकाश बजेटको खर्च शून्य छ । पर्साको विन्दवासिनी, पकहामैनपुर र धोविनी गाउँपालिका यसको ज्वलन्त उदाहरण हुन ।

मेयर, उपमेयर तथा वडा अध्यक्षको विवादको कारण विन्दवासिनी, पकहामैनपुर र धोविनी गाउँपालिकामा विकास बजेट खर्च हुन नसक्दा जनता आक्रोशित भएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले बित्तिय समानीकरणतर्फको बजेटको फाँटवारी बुझाउन नसक्ने स्थानिय तहको बजेट रोका गरेपछि विवादित गाउँ तथा नगरपालिकाले गाउँ तथा नगरपरिषद सम्पन्न गरेका थिए ।

स्थानीय तहले पहिलो चौमासिक किस्ता लगेको भए पनि दोश्रो चौमासिक किस्ताका लागि पटेर्वासुगौली, कालिकामाई, छिपहरमाई र विरगंज महानगरपालिकाले मात्रै बजेट माग गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो ।

त्यसैगरी प्रदेश र संघिय सरकारले स्थानीयतहमा सिधै पठाउने गरेको ससर्त बजेट र खर्चबारे गाउँपालिका तथा नगरपालिकाले अहिले सम्म सार्वजनिक नगरेको स्थानियवासिन्दाले आरोप लगाएका छन् ।

धेरैजसो स्थानीयतहले समाजिक सुरक्षाअन्तर्गतको रकम जथाभाबी खर्चदै आएका छन । पर्साका झण्डै एक दर्जन पालिकामा समाजिक सुरक्षाको बजेटमा अनियमितता भएको भन्दै अख्तियारमा समेत उजुरी परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button