तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा बस दुर्घटना १९ जनाको मृत्यु

अर्घाखाँची-अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन । घाइते मध्ये भैरहवामा ७ जनाको उपचार भइरहेको छ भने ९जनाको बुटवलमा उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते भएका दुई जना घर फर्कीएका छन ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमै भएको हो । घाइते एक जनाको उपचारकालागि लैजादै गर्दा मृत्यु भएको छ भने एक जनाको चौराह हस्पिटल बुटवलमा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताउनुभयो ।

बस दुर्घटनामा ज्यान गुमाउने चालक सहित पुरुष ११ महिला ६ बालिका १ बालक १ गरि जम्मा १९ जना मध्ये ९ जनाको सनाखत भएको छ । सनाखत हुने हरुमा गाडी चालक रुपन्देही बासगढीका ३१ वर्षिय वसन्त भन्ने ओम बहादुर थापाको मृत्यु भएको हो । त्यस्तै अर्घाखाँची जिल्ला खाँचिकोट काउलेकि १८ वर्षिया माया पुरी, सोही ठाउँकै ८ वर्षिया मेनुका खड्का, डिहिका बलराम भट्टराई र डिहिकै वर्ष ५६ का शिवलाल भट्टराई, सितगङगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु बस्ने २७ वर्षिया सिता बस्नेत, गुल्मी पिपलडाडा वेम्जिङका २८ वर्षिय राज कुमार महतको मृत्यु भएको हो ।

त्यस्तै उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा अर्घाखाँची सितगंगा नगरपालिका २ सितापुरमा बस्ने ३६ वर्षिय सन्त बहादुर बस्नेत गाडि धनिको पनि मृत्यु भएको छ।त्यस्तै भुमिकास्थान ९ का वर्ष २२ का शैलेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश बिष्टले बताउनुभयो । मृत्यु हुनेको अन्यको सनाखत जिल्ला अस्पताल अर्घाखाँचीमा आज गरीने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button