उपनिर्वाचन २०७६ : सल्यानमा मतपत्र र मतपेटिका मतदान केन्द्रमा पुग्यो
सल्यान – यहि मंसिर १४ गते हुने उप निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
मतपत्र र मतपेटिकासहित कर्मचारीको टोली मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको छ । १ मतदान स्थल र दुई मतदान केन्द्रमा मतदानको सामाग्रीसहित टोली पुगेको लिल्ला निर्वाचन कार्यालय सल्यानमा प्रमुख हरिबहादुर बुढाथोकीले जानकारी दिए ।
निर्वाचन हुने कुमाख गाउँपालिका वडा ५ मा एक हजार आठसय ३९ मतदाता रहेका छन् । श्री सरस्वती माध्यामिक विद्यालय ५ झारकाँडालाई मतदान स्थल तोकिएको छ । क मतदान केन्द्रमा नौ सय ५२ र ख मतदान केन्द्रमा आठ सय ८७ मतदाता रहेका छन् ।
वडा अध्यक्षको लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा लगायत पाँच जनाले उम्मेदवारी दिएका छन् ।
एक सय ३५ सुरक्षाकर्मी परिचालन
उपनिर्वाचनका लागि एक् सय ३५ बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्र संवेदनशिलका रुपमा हेरिएको प्रहरीको भनाई रहेको छ । शसस्त्र प्रहरी र जनपथ प्रहरी गरी एक सय ३५ बढी प्रहरी भईसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
चुनावी जोड घटाउ
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई आफ्नो पोल्टामा पार्न राजनीतिक दलहरुले लागि परेका छन् । मिनि जनमत संग्रहको उपमा पाएको उपनिर्वाचनलाई नेकपाले जीतलाई निरन्तरता दिन जोड ग्री रहेको छ भने नेपाली काँग्रेस निर्वाचन आफ्नो पक्षमा पार्ने होडमा रहेको छ ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमाले र काँग्रेसलाई झन्डै ५ गुणाले पछि पार्दै माओवादीका हरी प्रकाश बुढाथोकी निर्वाचित भएका थिए ।
तत्कालिन माओवादी र एमाले एक भइसकेको अवस्थामा नेकपाका धर्मे बुढाथोकीको जीत सुनिश्चित भएको अडकल काटिएको छ ।
२०७४ मा भएको निर्वाचनमा माओवादीका हरी प्रकाश बुढाथोकीले सात सय ८८ मत ल्याउदा एमालेका अमृत बहादुर शाहले दुई सय २९ र नेपाली काँग्रेसका खड्क बहादुर बोहराले एक सय ८० मत मात्र प्राप्त गरेका थिए । पहिलो निर्वाचनमा हार व्यहोरेका काँग्रेसका बोहरा दोस्रो पटक जीत हात पार्ने दाउका साथ निर्वाचनमा होमिएका छन् ।
गत निर्वाचनको भन्दा यस पटकको निर्वाचनमा भने केही मतदाता घटेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा एक सय आठ सय ५३ मतदाता रहेकोमा यसपटक भने एक हजार आठ सय ३९ रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्