तपाईँ सुन्दै हुनुहुन्छः

आज बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको के छ ? (सूचीमा हेर्नुहोस्)

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) अमेरिकी डलरसहित केही देशको भाउ बढेको छ भने कुवेती दिनारसहित केही देशको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय डर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४८ रुपैयाँ २० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button