तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमको एक होटेलमा विष्फोटक पदार्थ फेला

रुकुम – रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका १, खलंगाको एक होटेलमा विष्फोटक पदार्थ फेला परेको छ ।

खलंगामा रहेको एशियन होटेलमा विष्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । होटेलको दोस्रो तलाको ब्राण्डामा उक्त शंकास्पद वस्तु फेला परेको थियो ।

जिल्ला प्रहरी प्रमुख रुकुम पश्चिमका प्रहरी निरिक्षक कविराज रोकायका अनुसार भकुण्डो आकारमा रहेको शंकास्पद वस्तुभित्र थोरै विष्फोटक पदार्थ भेटिएको हो । होटेलमा संकास्पद वस्तु देखिएपछि प्रहरीलाई खबर आएको र त्यसपछि उक्तको पहिचानबारे पत्तला लगाई डिस्पोज गर्नका लागि नेपाली सेनालाई खबर गरिएको थियो ।

नेपाली सेनाको नरसिंह दल गणको टोलीले उक्त बस्तुलाई खानतलासी गर्दा कागजमा बेरेर राखिएको अवस्थामा थोरै विष्फोटक पदार्थ भेटिएको र त्यसलाई डिस्पोज गरिएको छ ।

उक्त वस्तु त्रास फैलाउनका लागि राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button