सिकलसेल एनिमिया रोगको परिक्षण सेवा शुरु
बर्दिया– स्थानीय तह सरकार बाँसगढी नगरपालिकाको कार्यालयले थारु जातिमा बढि देखिएको सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा आइतबारदेखि शुरु भएको छ ।
सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा निशुल्क रुपमा नगरमा नै स्थानीय नागरिकलाई सहज पहुँच गराउन बाँसगढी नगरपालिका ५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा सिकलसेल एनिमिया रोग परिक्षण सेवाको उत्घाटन भएको हो ।
स्थानीय स्तरबाट सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा आफैले शुरु गर्ने बाँसगढी नगरपालिका स्थानीय सरकार नेपालमा नै पहिलो भएको छ ।
सिकलसेल एनिमिया रोग पहिचानका लागि रगत परिक्षण सेवा शुरु गर्न नगरपालिकाबाट १७ लाख ४० हजार दुई सय र अन्य गरी १८ लाख खर्च लागतमा ल्याब स्थापना गरिएको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज खत्रीले बताउनुभयो ।
उक्त ल्याब सञ्चालनका लागि एक जना ल्याब असिस्टेन नियुक्त गरिएको पनि प्रशासकीय अधिकृत खत्रीले बताउनुभयो । नगरपालिकाले आ.ब. २०७६/०७७ मा रु पाँच लाख रुपैयाँ विनियोजित गरेको छ ।
करिब ६५ हजार जनसंख्या रहेको बाँसगढी नगरपालिकामा ५० प्रतिशत जनसंख्या थारु समुदायकको रहेको छ । बिशेष गरेर थारु समुदायमा सिकेलसेल रोग गम्भिर स्वास्थ्य समस्याको रुपमा एक अनुसन्धानले देखाएको छ ।
बाँसगढी नगरपालिकाको वडा नं. ६ दमौलीमा गत वर्ष यस रोगको प्रारिम्भक परिक्षण (सिक्लिङ्ग टेष्ट) एक हजार एक सय ५० जनामा गर्दा एक सय ८५ जनामा पोजेटिभ देखा परेको थियो ।
ती मध्ये एक सय २० जना पूर्ण निदानको लागि ईलेक्ट्रो फोर्सिस जाँच गर्दा आठ जनामा सिकेलसेल डिजिज र तीनजनामा थालेसेमिया र ७८ जनामा सिकलसेल टे«ड देखा परेको थियो ।
प्रतिक्रिया राख्नुहोस्