तपाईँ सुन्दै हुनुहुन्छः

अप्टिकल फाइबर बिच्छ्याउने काम तीव्र

काठमाडौं । दैलेखमा अप्टिकल फाइबर बिच्छ्याउने कामलाई तीव्र पारिएको छ । सदरमुकाम दैलेख बजार हुँदै खुर्सानीबारीसम्मको खण्डमा अप्टिकल फाइबर बिच्छ्याउने काम शुरु गरिएको हो ।

दैलेख लगायत विभिन्न छ जिल्लामा यो कार्य शुरु गरिएको छ । दैलेखमा २५ किलोमिटर क्षेत्रमा अहिले काम शुरु गर्न थालिएको कामको जिम्मा लिएको सेरोना कम्पनीका भरत शाहले जानकारी दिनुभयो । दशैँ अघिदेखि काम शुरु भएकाले अब २० दिनभित्र काम सम्पन्न हुने शाहले बताउनुभयो ।

नेपाल टेलिकमको निकै कम गतिमा सञ्चालन भएको इन्टरनेट सेवासमेत अप्टिकल फाइबर बिच्छ्याएपछि द्रुत गतिमा सञ्चालनहुने नेपाल टेलिकम दैलेखका प्रमुख जीतबहादुर त्यागीले जानकारी दिनुभएको छ । फाइबर बिच्छ्याउने काम अहिले द्रुत गतिमा भइरहेको छ । त्यागीका अनुसार ६० प्रतिशत बढी काम भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button