तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट तनहुँमा एक वृद्धको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग १७ प १२९८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

तामाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । घाइतेलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरा पठाइएको थियो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button