तपाईँ सुन्दै हुनुहुन्छः

महाबौद्ध गुम्बाको मूर्ति चोरी

चितवन । भरतपुरमा रहेको महाबौद्ध गुम्बा तिनखोलेमा गएराती चोरी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको गुम्बाको सुनको जलप लगाइएको तीन फिटको मुर्ती चोरी भएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिनुभयो । यस्तै सेफ (गोप्य दान पेटिका) पनि फोडिएको अवस्थामा रहेको गुरुङले बताउनुभयो ।

बिहान ४ः०० बजे गुम्बामा पुजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घटनाको प्रहरीले मुचुल्का उठाउनुका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button