तपाईँ सुन्दै हुनुहुन्छः

देउवाको अभिव्यक्ति खेदजनक : मन्त्री बाँस्कोटा

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खेद प्रकट गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देउवाको अभिव्यक्ति लज्जाजनक भएको र नेपाली जनतालाई विभाजित गर्ने कोसिस गरेको समेत आरोप लगाउनुभयो ।

मन्त्री बास्कोटाले देशभक्ति र सार्वभौमिकताको कुरा सस्तो प्रचारवाजीको कुरा नभएको बताउदै उक्त अभिव्यक्ति देउवाले चुनावी मसला बनाउन तथा चुनावी प्रचारवाजीको लागि बोलेको जिकिर गर्नुभयो ।

देशभक्तीको सवालमा सरकारलाई मुन्टो लुकाएर हिँड्नु पर्ने जरुरत नरहेको भन्दै मन्त्री बाँस्कोटाले भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति नेपालकै इतिहासमै पहिलो पटक बहालवाला प्रधानमन्त्रीले ‘म यो मान्दिन नेपालको लागि यो स्वीकार्य छैन’ भनेर बोलेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button