तपाईँ सुन्दै हुनुहुन्छः

जिसस महासंघ प्रदेश ३ को भेला चितवनमा शुरु

चितवन – जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ स्तरीय भेला आजबाट चितवनमा सुरु भएको छ । जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ को आयोजना तथा जिल्ला समान्वय समिति चितवनको समन्वयमा दुईदिने भेला आजबाट सुरु भएको हो ।

चितवनको सौराहामा शुरु भएको बैठकको आज पहिलो दिन जिल्ला समन्वय समिति (जिसस) महासंघ प्रदेश नम्बर ३ को प्रदेश कमिटिको बैठक बसेको छ । जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बैठक बसेको हो । बैठकले भोली आयोजना हुने भेलामा उठाउने विषयका विषयमा छलफल गरेको छ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने भेलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव तोयम राय, नगरपालिका महासंघका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्षलगायत प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारीहरु तथा समन्वय अधिकारीसमेतको सहभागिता रहने छ ।

भेलाले चितवन घोषणा पत्रसमेत जारी गर्ने प्रदेशका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button