तपाईँ सुन्दै हुनुहुन्छः

मिलिजुली साकोसलाई करदाता सम्मान

 

दोलखा । आन्तरीक राजश्व कार्यालय काभ्रे धुलिखेलले सदरमुकाम चरिकोटमा उत्कृष्ठ करदाता सम्मान तथा करदाता शिक्षा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

दोलखा उद्योग बाणिज्य संघको सहकार्यमा सञ्चालित कार्यक्रममा आन्तरीक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले करदातालाई सहज ढङ्गले कर तिर्ने बाताबरण बनाउन सरकारले हरेक जिल्लामा कर सेवा कार्यालय सञ्चालन गर्न लागेको बताउनु भयो । सो अवसरमा प्रमुख कर अधिकृत पराजुलीले दोलखा जिल्लाबाट उत्कृष्ठ करदाताको रुपमा सदरमुकाम चरिकोटमा रहेको मिलिजुली साकोसलाई प्रमाणपत्र सहित सम्मान गर्नु भयो । उत्कृष्ठताको प्रमाणपत्र मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो ।

दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, आन्तरीक राजश्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुर्दशन कार्की, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठ, दोलखा उद्योग बाणिज्य संघका महासचिव हेमराज रिमाल र कार्यालय सचिव राजन थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button