तपाईँ सुन्दै हुनुहुन्छः

‘विशेष कार्यक्रम गरी पर्यटन वर्षको शुभारम्भ गरिने’

केशव ढुंगाना । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सरकारले सन् २०२० को जनवरी १ तारिखका दिन देशका सातै प्रदेशमा विशेष कार्यक्रम गरी पर्यटन वर्षको शुभारम्भ गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

पर्यटन वर्षको तयारीका सम्वन्धमा रिपोटर्स नेपालले आज काठमाडौमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले कार्यक्रममा सहभागिताका लागि नेपालमा धेरै पर्यटक आउने विभिन्न ४० मित्रराष्ट्रका पर्यटन मन्त्रीहरूलाई निमन्त्रणा पढाईसकेको र अधिकांशबाट सकारात्मक जवाफ आएको बताउनुभयो ।

यसैगरी पर्यटन वर्षको सुभारम्भकै अवसरमा जनवरी ७ तारिखका दिन नेपालको विदेश स्थित राजदुतावास एवं अन्य नियोगहरूले सम्वन्धीत देशको राष्ट्रप्रमुख लागयत विशिष्ट व्यक्तिहरूको सहभागितामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने समेत तयारी भएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

मन्त्री भट्टराइले सो अवसरमा आफ्नो मन्त्रालयले देशमा बढ्दै गएको ब्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान गर्नेगरी पर्यटन प्रवद्र्धनको दीर्घकालिन योजना निर्माण गर्न लागिरहेको समेत जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले नेपालमा वार्षिक १ करोड विदेशी पर्यटन भित्राउने गरी आगमी एक दशकलाई पर्यटन प्रवद्र्धनको दशकका रूपमा विकास गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button