तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति र प्रशासनिक क्षेत्रका पुराना बेथिति र विसङ्गतिको अन्त्य गर्न सरकारले पहल गरिरहेको छ : मन्त्री बाँस्कोटा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको राजनीति र प्रशासनिक क्षेत्रमा देखिएका पुराना बेथिती र विसङ्गतिको अन्त्य गर्नका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले औल्याएका सरकारको २१ महिने अवधिका २१ कमजोरीहरूका सन्दर्भमा पत्रकारले सोधेको एक प्रश्नको जवाफमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले काँग्रेसले सरकार सञ्चालन गरेको बोला देखि नै नेपालको राजनीति र प्रशासनको क्षेत्रमा बढ्दै गएको विकृति र विसंगतीलाई अन्त्य गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।

मन्त्री बास्कोटाले राजनीति र प्रशासनको क्षेत्रमा देखिएका बिकृति र विसङ्गतिको अन्त्य गरी तिव्र आर्थिक वृद्धि हासिल गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभया

संचारकर्मी कै अर्को प्रश्नमा मन्त्री बाँस्कोटाले बर्तमान सरकारले अवलम्वन गरेको सन्तुलित परराष्ट्र नीतिका कारण भारत, चीन तथा बंगलादेशका राष्ट्रप्रमुखहरू नेपालको भ्रमण गरेको र विमिष्टेक सम्मेलन, सगरमाथा सम्वाद जस्ता कार्यक्रमहरू सम्भव भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button