तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   

बैंकक – थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६।४ म्याग्नीच्युडको भूकम्प गएको छ ।  भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उहाँले बताउनुभयो ।  महानिर्देशक सोम्साकले ६।४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६।५० बजे गएको जानकारी दिनुभयो ।

भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button