तपाईँ सुन्दै हुनुहुन्छः

मंगलबारको भुकम्पबाट अछाममा ३० बढी घर प्रभावित

अछाम – मंगलबार बेलुकी गएको भुकम्पका कारण अछाम जिल्लामा पनि विभिन्न घरहरुमा क्षति पुगेको छ । बिशेष गरी जिल्लाको साँफेबगर नगरपालिकाका विभिन्न वडामा घरहरु चर्किएका छन् ।

भुकम्पका कारण आफ्नो घर चर्किएर आधा जति भत्किएको र बस्न नमिल्ने अवस्था रहेको साँफेबगर ९ बुढाकोटका सर्जन परियारले बताउनुभयो । यता नगरपालिकाले नगरमा भूकम्पबाट प्राभावित भएकाहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । साँफेबगर पालिकामा गठित विपद जोखिम व्यवस्थापन समितिकाका अध्यक्ष एंव नगर प्रमुख कुल बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले १४ वटै वडालाई क्षतिको विवरण संकलन गर्नको लागि आग्रह गरेको छ ।

सम्बन्धित वडा क्षेत्रमा पर्ने प्रहरी चौकीसँग समन्वय गरी क्षेतिको विरणरण संकलनको लागि १४ वटै वडालाई पत्रचार गरिने विपद जोखिम व्यवस्थापन समितिकाका अध्यक्ष तथा नगर प्रमुख कुल बहादुर कुँवरले जानकारी दिनुभयो । क्षतिको विवरण संकलनपछि प्रभावितलाई राहत विवरण गरिने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो । भुकम्पले साँफेबगर नगरपालिका केही घर चर्किएको खबर आएको पनि नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय साँफेबगर प्रमुख प्रहरी निरिक्षक नरपति भट्टले भूकम्पबाट क्षति भएको भनेर अहिलेसम्म ३० जना भन्दा बढी सम्पर्कमा आएको बताउनुभयो । प्रहरी निरिक्षक भट्टले साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथ, वडा नं.२ जाल्पादेवि वडा नं.४ मष्टमान्डौ, वडा नं.७ रिडिकोट, वडा नं.९ वुढाकोट, वडा न १० घुघुरकोट, वडा नं.११ देविस्थान र वडा नं.१४ पातलकोटबाट भूकम्पबाट क्षति भएको खवर आएको बताउनुभयो । उहाँले सबै वडामा प्रहरी खटाइएको पनि जानकारी दिनुभयो ।

केही मानिस अताल्लिएर सामान्य घाईते भएका र दुई जनाको बयलपाटा अस्पतालमा उपचार भईरहेको खबर प्राप्त भएको छ । मंसिर ३ गते साझ ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्र बिन्दु बनाएर ५ दशमलब ७ रेक्टर स्केलको भुकम्प गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button