तपाईँ सुन्दै हुनुहुन्छः

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङद्वारा  पदभार ग्रहण

काठमाडौँ – नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला मन्त्रालयप्रति राखिएको सामाजिक दृष्ट्रिकोणमा परिवर्तन आउने गरी काम कारवाही अघि बढाईने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै मन्त्री गुरुङले महिलालाई उद्यमशिल, स्वाभिमान एवं सशक्त बनाउन र बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं उनीहरुको सुरक्षा र बिकासलाई प्राथमिकतामा राखि कामलाई प्रभावकारी बनाइने बताउनुभयो ।

मन्त्री गुरुङले संविधानले महिला बालबालिका तथा ज्येष्ठ नागरिकका सम्बन्धमा गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान पु¥याईने भन्नुहुँदै समाजमा महिला तथा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनेगरी योजनावद्व ढंगले अघि बढनेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button