तपाईँ सुन्दै हुनुहुन्छः

स्मार्ट बन्दै कर्णाली

सुर्खेत । देशकै विकट मानिने कर्णाली प्रदेश विस्तारै स्मार्ट सिटीको रुपमा विकास हुदैँछ । कर्णालीलाई स्मार्ट बनाउने उद्देश्य सहित सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालीकाबाट स्मार्ट सिटीको अवधारणा सुरुवात गर्न लागिएको छ।

काठमाडाौंकाो सेल याप प्राली तथा स्मार्ट पालीकाको प्राविधिक सहकार्यमा उक्त नगरपालीकाले स्मार्टपालीका अन्तरर्गत डिजिटल सिस्टम,डिजिटल घरधुरी सर्वेक्षण तथा मोवाईल एप्स सहितको सुविधा दिने योजना सुरु गरेको छ । गुर्वाकोट नगरपालीका मेयर हस्त पुनले सेवा सुरुवातले ‘जनतालाई सुशासन तथा प्रविधिमैत्री बनाउदै विकासको नमुना नगरको रुपमा फड्को मार्ने विस्वास लिएको’ बताउनुभभयो ।

विकट मानिएको कर्णाली तथा सुर्खेतको विकट नगर मानिएको गुर्वाकोट नगरपालीका अव छिट्टै स्मार्ट सिटिका लागि अघि बढ्नेछ । त्यसै अनुरुप मंसिर ४ गते एक दिवसिय कार्यशाला समेत सम्पन्न भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कर्ण कँुवरका अनुसार गुर्वाकोट नगरबासीले विस्तारैै घरमै बसेर सुविधा लिने,कर तिर्ने तथा नगरपालीकाको सम्पूर्ण जानकारी लिन सक्नेछन् । नगरपालीकाका हरेक कामहरु प्रविधिमैत्री गराउदै सुन्य भ्रष्टाचारयुक्त नगर बनाउने प्रयास रहने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

स्मार्ट पालीकाका कार्यक्रम निर्देशक राजानन्द माण्डव्यका अनुसार नेपाललाई डिजिटल युगमा प्रवेश गराउनको लागि र जनमैत्री नगर तथा गाउँ बनाउनको लागि स्मार्टपालीकाले कुनै कसर नछाड्ने बताउनुभयो ।

नेपालका गाउँ तथा नगरपालीकाको पहिलो विकासको खुड्किलो भन्नु नै सुचना प्रविधी रहेको मान्डव्यले बताउनुभयो । एक दिवसीय कार्यशालामा स्मार्ट पालीकाका क्याम्पेन डाईरेक्टर बिबस महतले स्मार्ट सिटिका लागि आवश्यक प्राविधिक तालिम प्रदान गर्नुभएको थियो । स्मार्ट कर्णाली स् स्मार्ट जनता तथा कर्णालीको विकासमा प्रविधिको प्रयोग हुनुपर्ने भन्दै गुर्वाकोटले काम थालनी गरेको थियो भने यहाँको संयोजन कमल लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button