तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिपुरमा सचिन तेन्दुलकरले बिनोद दासको सामना गर्दै

काठमाडौं । विश्व क्रिकेटमा ब्याटिङ्गको अधिकांश कीर्तिमान बनाउनुभएका सचिन तेन्दुलकरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा विनोद दासको सामना गर्दै हुनुहुन्छ ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान समेत रहनुभएका तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास नेतृत्वको टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल्न त्रिवि मैदानमा उत्रिनुभएको छ ।

तेन्दुलकर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बालबालिका आपातकालीन कोष(युनिसेफ)का सद्भावना दूत हुनुहुन्छ । बाल अधिकारको प्रवद्र्धन तथा राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा उक्त मैत्रीपूर्ण खेल आयोजना गरेको यूनिसेफ नेपालले जनाएको हो ।

हरेक बालबालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ नारा दिएर खेल आयोजना गरिएको हो । तेन्दुलकर र दासले बालबालिका सम्मिलित टिमको नेतृत्व गर्नुहुनेछ । उक्त खेल मात्र १० ओभरको हुनेछ । मैत्रीपूर्ण खेलका लागि तेन्दुलकर शुक्रबार राति काठमाडौं आउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button