२०७८ साल माघ २ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

नवौं विश्व रेञ्जर सम्मेलन : चितवनको पर्यटनमा आशा र उत्साह

सूर्यप्रसाद अधिकारी २०७६ कार्तिक ३० गते ९:१६

चितवन । डेंंगु प्रकोपका कारण केही हप्ताअघिसम्म सुस्ताएको चितवनको पर्यटनमा केही आशा र उत्साह थपिएको छ । मंगलबारबाट जारी नवौं विश्वसम्मेलनमा बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहांँको पर्यटन क्षेत्रमा आशा थपिएको हो ।

सौराहामा वन , वन्य जन्तु तथा जैविकता सम्बन्धी बिषयका विश्वका ७० भन्दा बढी राष्ट्रका ५सय ५० भन्दा बढी संरक्षणकर्मी सहभागी भएका छन । उनीहरुबाट एकैपटक ७१ देशमा सकारात्मक सन्देश जाने भएकोले दिर्घकालिन रुपमा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने आशा रहेको व्यवसायीहरु बताउंँछन् ।

क्षेत्रीय होटल संघ , सौराहाका अध्यक्ष दिपक भट्टराई सम्मेलन शुरु भएसंँगै सौराहमा चहलपहल एवं गतिविधि बढेको बताउँनुहुन्छ । ‘एशियामै पहिलोपटक यस्तो सम्मेलन हुनु नेपालकै लागि गौरवको विषय हो ।’ उहांँले भन्नुभयो, ‘हामीलाई यसले केही उत्साह र अवसर समेत सिर्जना गरेको छ ।’ उहांँका अनुसार हाल सौराहाका सबै जसो होटलमा बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ । भ्रमण बर्षलाई लक्षित गरी सौराहाको पर्यटनलाई थप चलायमान र प्रभावकारी बनाउन हात्ती महोत्सवको तयारी गर्न लागिएको भट्टराइले जानकारी दिनुभयो ।

सम्मेलनका कारण होटलका साथै सफारी तथा अन्य आर्थिक गतिविधि समेत बढेको छ । बिहानदेखि राती अबेर सम्म सौराहामा होटल, पव , एवं नदी किनाराका रेष्टुरेण्टमा उल्ेखनीय रुपमा पर्यटक हरु रहेको बताउंँछन संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे । ‘संरक्षण र सौराहा एक अर्काका परिपुरक हुन, यसले हामीलाई केही आशा र उत्साह थपेको छ’ उहांँले भन्नुभयो । भ्रमण बर्ष २०२० पूर्व सन्ध्यामा यो सम्मेलनले महत्वुपुर्ण भूमिका खेलेको उहांँले बताउनु भयो । अन्र्तराष्ट्रिय समुदायमा नेपाल हिमाल तथा बुद्धको भूमिको रुपमा परिचित भएपनि यस सम्मेलनबाट पर्यटकमा नयांँ सन्देश जाने उहांँको भनाई छ ।

होटल, हात्ती सफारी, जीप सफारी, डुंगा सफारी लगायत रेष्टुरेण्ट तथा बारहरुमा उत्तिकै चहलपहल बढेको बताउंँनुहुन्छ क्षत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियन, नेपाल(रेवान) सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरी । यो सम्मेलनले एकदमै सकारात्मक सन्देश जाने हामीले ठानेका छौं , उहांँले भन्नुभयो , तत्काल यसले त्यति ठूलो प्रभाव नपारेपनि दीर्घकालिन रुपमा पक्कै पार्छ ।’ उहांँका अनुसार विदेशी पर्यटकले नेपाली परिकार उत्तिकै मन पराएकोले सबै सौराहाका रेष्टुरेण्टमा पर्यटकको बाक्लो उपस्थिति छ ।

नेपालको संस्कृति, खानाको प्रचारप्रसारको लागि सौराहामा फुड फेष्टिबलको समेत तयारी गर्न लागिएको उहांँले बताउनु भयो । सौराहमा हाल १सय १० वटा साना ठुला होटल रहेका छन भने यहांँ ७० भन्दा बढी रेष्टुरेण्ट र पब रहेका छन । यहांँ एकैपटक ५ हजार पर्यटक अट्ने क्षमता रहेको छ । यस बाहेक चितवनको दोस्रो ठुलो पर्यटकीय गन्तव्य पटिहानी तथा मेघौली क्षेत्र पर्दछन । यहांँ सबैगरी ३ दर्जनभन्दा बढी होटल सञ्चालनमा छन । नेपाल सरकार ,वनमन्त्रालय र अन्तर्रा्ष्ट्रिय रेञ्जर फेडेरेसन (आईआरएफ)को आयोजनामा भएको सम्मेलन कात्तिक ३० गतेसम्म चल्ने छ ।

सम्बन्धित