तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

जाजरकोट । सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उहाँको उद्धार गरिएको हो ।

बुधबार नै प्रसूति व्यथाले थलिनुभएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भएपनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिनुभयो । महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उहाँको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।

गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूति गृहले जानकारी दिएको छ । स्वास्थ्य चौकी पनि नजीकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर रहेकाले डोल्पामा प्रसूति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि गुरुङलाई काठमाडाँै लगिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button