तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा नामावली प्रकाशन गर्ने काम आज सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले कपिलवस्तुको शिवराज नगरपालिका १० को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार र पाँचथरको फिदिन नगरपालिका १ को वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकका उम्मेदवारविरुद्ध उजुरी परेकोमा उम्मेदवारी सदर भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button