तपाईँ सुन्दै हुनुहुन्छः

आरोपी सांसद आलमलाई थुनामा राख्न आदेश

रौतहटको राजपुरका बम विस्फोटका आरोपी नेपाली काँग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

१२ वर्षअघि २०६४ साल चैतमा राजपुर बम विस्फोट र त्यसका घाइतेहरुको हत्या आरोपी आलमको थुनछेक बहसपछि आज जिल्ला अदातलत रौतहटका न्यायधीश जीवन ढकालको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

बम भण्डारण, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दाको आरोपमा आलमलाई प्रहरीले गत आसोज २६ गते पक्राउ गरेको थियो ।

यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग पत्र दर्ता गराएको थियो ।

त्यसकै आधारमा आलमलाई पूर्पक्षका लागि जिल्ला अदालतले जेल पठाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button