तपाईँ सुन्दै हुनुहुन्छः

विजेता महिला भलिबल टोली स्वदेश फिर्ता

अजय बम । बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ ।

प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभूवन अन्तराष्ट्रिय विमानथलमा स्वागत गर्नुभएको थियो । खेलाडीलाई स्वागत गर्दै सदस्य सचिव सिलवालले नेपाली टिमका सबै सदस्यलाई पुरस्कार स्वरुप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button