तपाईँ सुन्दै हुनुहुन्छः

बलेफी गाउँपालिकाले हरेक वडामा चेतनामूलक कार्यक्रम गर्दै

मेलम्ची – स्थानीय सरकार गठनसँगै पाएको न्यायिक अधिकारका कारण स्थानीय नागिरकलाई सहज भएको छ । सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्येको बलेफी गाउँपालिकाले मात्रै तिन सय पचास भन्दा बढीको लागि न्यायिक फैसला गरेको छ ।

बलेफी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमला श्रेष्ठ कायस्थका अनुसार बलेफीको ८ वटा वडामा गरी करिव तिन सय गाँउपालिकाबाट ५२ गरी तिन सय बाउन्न वटा विवाद समाधान गरिएको हो ।

गाउँ–गाउँमा यसलाई प्रभावकारिता गराउनका लागि अब हरेक वडाका नागरिकलाई चेतनामुलक कार्यक्रम गरी न्याय समिति भनेको के हो, यसले के के काम गर्छ, कसरी व्यवस्थित गर्ने स्थानीय स्तरमा भएका साना–तिना विवाद कसरी समाधान गर्न सकिन्छ, ।

यो न्यायिक समितिको काम कर्तव्य अधिकार के हो भन्ने विषयमा स्थानीयलाई स्पष्ट जानकारी गराउनका लागि चेतनामुलक कार्यक्रम गर्न लागिएको कायस्थले बताउनुभयो । उँहाका अनुसार आगामि मंसिर १५ गतेदेखि पालिकाका सबै वडामा यो कार्यक्रम गरिन लागेको हो । सुरुमा वडा न ८ बाट यो अभियान सञ्चालन हुने भएको छ ।

पालिकाको ८ वटै वडामा हुने यो चेतनामुलक कार्यक्रम वडा ७ हुँदै १ वडासम्म यो सञ्चालन हुने भएको छ । हरेक वडाका नागरिकलाई पालिकाले गर्ने गरेका काम र पालिकाबाट हुने सुविधालाई सबै नागरिकले बुझेर काम गर्न सके भने सहज हुने भएकाले यो अभियानको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बताउनुभयो । उँहाले पालिकाबाट हुने हरेक विकासका कार्यक्रम र हरेक सेवाका विषयमा स्थानीय पनि जानकार हुन जरुरी रहेकोले यो कार्यक्रमबाट स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो ।

यो कार्यक्रमसँगै गाउँमा कसैले पनि कुनै प्रकारका विवाद नगरुन्, सबैले सल्लाह र सहमतिमा काम गर्न सकुन् भन्नका लागि पनि यो कार्यक्रम अपरिहार्य भएकोसमेत नेपालीले बताउनुभयो ।

यसै बिच बलेफी गाँउपालिकाले महिलाहरुको स्वरोजगारका लागि विभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चालन गरेको छ । सिलाई बुनाइ, ब्युटीपार्लरजस्ता सिप सिकाएर बेराजगार रहेका महिलाहरुलाई पालिकामा नै रोजगारको व्यवस्था गर्न लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button