तपाईँ सुन्दै हुनुहुन्छः

कन्या गुरुकुल निर्माणको लागि देवघाटमा महायज्ञ

चितवन । चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा कन्या गुरुकुल निर्माण गर्नको लागि भरतपुरमा धनधान्याञ्जल एवं सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ ।

ॐ शिवशक्ति कल्याणी केन्द्र , भरतपुरको आयोजनामा हुन गईरहेको महायज्ञ यही आउंँदो मंसिर १३ गतेदेखि शुरु हुने भरतपुरमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भईरहेको भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्धेश्यले महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मूल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले बताउनु भयो ।
उहांँका अनुसार नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन लागिएको हो । निर्माण सम्पन्न गर्न करीब २० करोड लागत लाग्ने अनुमान गरिएको सो गुरुकुलमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने छ ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवास सहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ । महायज्ञको तयारीका लागि विभिन्न समिति उपसमिति गठन गरी काम गर्ने संयोजक अधिकारीले जानकारी दिए । देवघाटमा हाल २ वटा गुरुकुल विद्यालय मार्फत पठनपाठन भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button