तपाईँ सुन्दै हुनुहुन्छः

पाँच बिगाहा क्षेत्रमा लगाईएको गाँजा खेती नष्ट


बारा – बारा प्रहरीले आज बिहान करिब ७ः०० बजे पाँच बिगाहा क्षेत्रमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय सिमरा, ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुर खटिएको प्रहरी टोलीलेले निजगढ नगरपालिका वडा नं.१३ घोडाथालमा लगाईएको गाँजा खेती नष्ट गरेको हो ।

प्रहरी निरीक्षकसमेतको गएको टोलीले करिब .पाँच विगाहा क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिँह राठोरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button