तपाईँ सुन्दै हुनुहुन्छः

बुलबुले ताल घुम्ने पर्यटकको संख्या वृद्धि

सुर्खेत । सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा चालु आर्थिक वर्षमा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।

चालु आर्थिक बर्षको साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक र करीब दुई सय विदेशी पर्यटक बुलबुले ताल पुगेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बुलबुले उद्यान पुनःनिर्माण, तालमा डुङ्गा सञ्चालन र ताललाई सफा र थप आकर्षित बनाइएकाले पर्यटकको संख्यामा वृद्धि भएको सुर्खेत उपत्यका नगर विकास समितिका लेखापाल खड्ग रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button