तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघंले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग विहिबार भएको छलफलमा महासंघका पदाधिकारीले योजनाका बारेमा सातै प्रदेशमा जागरण अभियान चलाउने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वर्तमान सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन महासंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले सामाजिक सुरक्षा योजनाले असल श्रम सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँनुहुँदै सूचीकरण प्रक्रियामा कुनै विलम्ब नगर्न आग्रह गर्नुभयो ।

सरकारले कोषमा सूचीकरण हुन आगामी मङ्सिर १४ गतेसम्मका लागि समयावधि दिएको छ ।

हालसम्म कोषमा एक लाख १० हजार भन्दा बढी श्रमिक र १० हजार बढी प्रतिष्ठान सूचीकृत भइसकेका छन् भने करीब १४ करोड रुपैयाँ योगदान रकम समेत संकलन भइसकेको कोषले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button