तपाईँ सुन्दै हुनुहुन्छः

कालिकामाई गाउपालिकाको कार्यालय हरिहरपुरमा स्थापना

बीरगंज – कालिकामाई गाउपालिकाको कार्यालय आजबाट वडा नम्बर ३ हरिहरपुरमा स्थापना गरिएको छ । कालिकामाई गाउँपालिकाको वडा नम्बर १ मुडलीमा सञ्चालन हुँदै आएको कार्यालय वडा नम्बर ३ हरिहरपुरमा सारिएको हो ।

कालिकामाई गाउपालिकाका अध्यक्ष नथुनी कुशवाहाले आज एक समारोहका बीच वडानम्बर ३ हरिहरपुरमा गाउँपालिकाको कार्यालयको उदघाटन गर्नु हुदैँ २०७५ असार ३२ गते मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यनयन गरिएको बताउनुभयो ।

कालिकामाई गाउपालिकाको २०७४ साल चैतमा विशेष गाउसभाले निर्णय गरी सरकारलाई वडा नम्बर १ बाट गाउपालिकाको केन्द्र वडा नम्बर ३ हरिहरपुरमा सार्ने सिफारिस गरेको थियो ।

हरिहरपुरमा आयोजित गाउँपालिकाको कार्यालय उद्घाटन कार्यालयमा गाउँपालिकाका उपाध्यक्ष राजेश चौरसिया,वडा नम्बर ५ का अध्यक्ष पवन तिवारी, ३ का अध्यक्ष संजय पटेल , २ का वडा अध्यक्ष सोनालाल चौरसिया , गाउपालिकाका कार्यकारी अधिकृत राजु साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button