तपाईँ सुन्दै हुनुहुन्छः

टयाक्टरको ठक्करबाट एकको मृत्यु


बीरगंज –कलैया बीरगंज सडक खण्डको मोतसिर नजिकै टयाक्टरले ठक्कर दिँदा मोटर साईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कलैयाबाट बीरगंजतर्फ आउदै गरेको ना ३९ प ५१३७ नम्बरको मोटरसाईकल लाई आज बिहान धानलोड गरेर कलैया तर्फ जादै गरेको ना ७ त २६६ नम्बरको टयाक्टरले ठक्कर दिंदा मोटर साईलकमा सवार कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुर निवासी २५ वर्षिय विनोद साहको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले टयाक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button