तपाईँ सुन्दै हुनुहुन्छः

संघिय परिषद् बैठक:समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने

काठमाडौं । समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघिय परिषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने !

सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको छ ।

बुधबार पदाधिकारी बैठकमा पनि सरकारमा बसिरहने कि छाड्ने भन्ने बहस भएको थियो । तर पार्टी नेताहरु मध्यमार्गी लाइनमा सहमत भएका छन् ।

भट्टराईको राजनीतिक प्रस्तावमा सरकार र सरकारसवद्ध पाटीसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छाड्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्नुपर्ने उल्लेख रहेको बताइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button