२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिमीले बजार नपाउँदा किसान चिन्तित

देवराज सुवेदी २०७६ कार्तिक २८ गते १३:२५

मेलम्ची – सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाको हिमाली क्षेत्र दुगुनामा उत्पादित सिमीले बजार नपाउँदा किसान चिन्तित भएका छन् । धेरै फल्ने यहाँको सिमीले बजार नपाउँदा किसानले सोचेजस्तो आम्दानी गर्न सकेका छैनन् ।

भोटेकोशी गाउँपालिका ३ दुगुनाका चिनिमाया कार्की उत्पादन भएको सिमीले बजार पाउन नसकेको गुनासो गर्नुहुन्छ ।

हिमाली भेग भएकाले यस क्षेत्रमा धान, मकै, कोदो जस्ता अन्नबाली खासै उत्पादन नहुने र आलु, सिमी भने पर्याप्त फल्ने किसान बताउँछन् ।
जब सिमी फल्छ जंगली जनावरले खाने समस्या छ । बचेको सिमीको कोसा र दाना विक्री नहुँदा कुहिएर जाने गरेको किसानहरुले गुनासो गरेका हुन् ।

दुगुनामा किसानले वार्षिक ४० मुरी भन्दा बढी सिमी फलाउँछन् । यता गाउँपालिकाले भने बजार नपाएका किसानका लागि योजना बन्दै गरेको बताएको छ ।

गाउँपालिका भरीमा नै सबैभन्दा बढी सिमी उत्पादन हुने यस ठाउँका किसानलाई व्यवसायिक बनाउँदै भोटेकोशीबाटै सिमी निर्यात गर्ने योजना तर्जुमा गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।

शहरी क्षेत्रका नागारिकले विषादी प्रयोग भएको तरकारी खाइरहेका बेला दुगुनामा उत्पादन हुने अर्गानिक तरकारीले भने बजार पाउन सकेका छैनन् ।

सम्बन्धित