तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य  बढेको छ । हिजो बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोबार भएको सुन आज ६ सय रुपैंयाले बढेर ७२ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १० रुपैंयाले बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button