तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा ४६ को उम्मेदवारी दर्ता

महोत्तरी । तीन स्थानीय तहका चार पदका लागि महोत्तरीमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । पिपरा गाउँपालिकाको अध्यक्ष पदमा २० जनाको मनोनयनपत्र दत्र्ता ९उम्मेदवारी० दर्ता भएको छ ।

त्यसैगरी बलवा नगरपालिकाका वडा नं २ र ८ एवं मटिहानी–८ का वडाध्यक्ष पदमा समेत २६ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

पिपरा गाउँपालिकामा ११ राजनीतिक दलका र नौ जना स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बलवा–२ को वडाध्यक्षमा आठ जना, बलवा–८ को वडाध्यक्षमा १२ जना र मटिहानी–८ को वडाध्यक्षमा छ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उमेगाउँपालिको अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । बलवा नगरपालिका– २ को वडाध्यक्षका लागि आठ जना, वडा नं ८ का लागि १२ जना र मटिहानी नगरपालिका– ६ को वडाध्यक्ष पदका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पिपराका निर्वाचित अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाअध्यक्ष सञ्जयकुमार मण्डलले राजिनामा दिएर रिक्त भएको पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

जिल्लाका तीन स्थानीयतहमा हुने उपनिर्वाचनमा १९ मतदानस्थल र २९ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीेले जनाएको छ । यो उपनिर्वाचनमा महोत्तरीका २२ हजार ९२० मतदाताले मताधिकार प्रयोग गर्न पाउने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख ९जिल्ला निर्वाचन अधिकारी० पुष्पा झाले जानकारी दिनुभयो । आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाइएको र सबैले निर्धक्क भएर मतदान गर्नसक्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button